राजनीति
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीमबहादुर रावलले नेपालको ठाउँमा अरू देश भएको भए कालापानीको मुद्दामा भारतसँग यु’द्ध भइसक्ने बताएका छन्।
पूर्व गृहमन्त्रीसमेत रहेका रावलले नेपालको कमजोर अवस्थाकै कारण लिपुलेक-कालापानी फिर्ता लिन ढिलाइ भएको बताएका हुन्। भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक बनाएकोबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘नेपालको स्थानमा अर्को कुनै देश थियो भने भारतसँग यु’द्ध नै भइसक्ने थियो’, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग समितिले गरेको छलफलमा उनले भने, ‘तर नेपालले आफ्नो भूमि फिर्ता ल्याउनका लागि भारतसँग वार्तासमेत गर्न नसकेको अवस्था छ।’
समितिको बैठकमा आ’क्रमक रूपमा प्रस्तुत भएका उनले सरकारको नियतमाथि प्रश्न उठाउँदै मन्त्री ज्ञवालीको भूमिकाबारेमा पनि टिप्पणी गरे। तर परराष्ट्र मन्त्री ज्ञवालीले उनलाई व्यक्तिगत टिप्पणी नगर्न भने।
समिति सभापति पवित्रा निरौला खरेलले यो बैठकबाट कुनै निर्णय लिन नसकेपछि रावल झनै आ’क्रोशित भएका थिए। रावलले समितिको अर्को बैठक पनि तत्काल बोलाउन र सरकारलाई स्पष्ट निर्देशन दिन माग गरेका थिए।