logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

प्रतिबन्धित बिधार्थी सङगठन अखिल क्रान्तिकारी कास्की र तनहुँले मोदीको पुत्ला जलायो


  • राजनीति
  • सोमबार, बैशाख २९ २०७७

नेत्रबिक्रम चन्द ‘विप्लव’ निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी) तनहुँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन गरेको छ।

भारतले एकतर्फी रूपमा नेपाली भुमि अतिक्रमण गरेर कालापानी, लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक बनाएको विरोधमा आज पुत्ला दहन गरेको हो।

अतिक्रमित नेपाली भूमी फिर्ता ल्याउन र तत्काल नेपालले आफ्नो नक्शा सार्वजनिक गर्नुपर्ने समेत अखिल (क्रान्तिकारी) तनहुँ जिल्ला अध्यक्ष ममता रुचालले बताइन ।

यसै गरी पोखरामा पनि ‘विप्लव’ निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी) कास्कीले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला दहन गरेको छ।

तस्वीर फेसबुक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार