logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

को बन्ला अखिलको अध्यक्ष ?

कसको पक्षमा कति केन्द्रिय सदस्य


  • राजनीति
  • बुधबार, बैशाख २६ २०७५

सत्तारुढ दल नेकपा एमालेको बिद्यार्थी सगठनको केन्द्रिय नेतृत्व छनौटका लागि जेठ पहिलो हप्ता केन्द्रिय समितिको बैठक डाकिएको छ ।

अहिलेको नेतृत्व नबिना लामा प्रतिनिधि सभा सदस्य भएकी र राजीनामा दिएर नयालाई जिम्मेवारी दिने मुडमा पुगे पछि केन्द्रिय समितिको बैठक आब्हान गरिएको बताइएको छ ।

गत राष्ट्रीय सम्मेलनबाट नबिना अध्यक्ष निर्वाचित भएकी थिइन भने ४ जना उपाध्यक्ष रहेको अखिलमा महासचिव ऎन महर रहेका छन । वर्तमान उपाध्यक्षहरु सहित महासचिव अध्यक्षका प्रतिस्पर्धी हुन । गत महाधिवेशनकै बेला अध्यक्ष का दावेदार मानिएका ऎन महर पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नवीनालाई सघाउन आग्रह गर्दै उनीपछि ऐनलाई अध्यक्ष बनाउने आश्वासन दिएका थिए । यसबीचमा विद्यार्थी इञ्चार्ज रवीन्द्र अधिकारीले पार्टी अध्यक्ष ओलीसँग छलफल समेत गरेका छन् ।

वर्तमान अध्यक्ष नवीनाले राजीनामा दिने मुडलाइ ब्यवहारीक कार्यान्वयन गरेकोखण्डमा अध्यक्षका लागि चारैजना उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला, सुनीता बराल र शैलेस लामा पनि अध्यक्षको दाबेदारका रुपमा मैदानमा देखिएका छन् । उनीहरु सबै पार्टीभित्र संस्थापन लाइनकै हुन ।

यदी अध्यक्षमा ऐन महरले जितेमा रिक्त हुने महासचिवका लागि सचिवहरु समिक बडाल, सुदेश पराजुली, आरसी लामिछाने र आरती लामा दाबेदार छन् । पराजुली र लामा पार्टीभित्र माधव नेपाल पक्षका हुन् भने बडाल र लामिछाने पार्टी नेतृत्वको पक्षका हुन् ।

निर्वाचन प्रक्रियामामा अध्यक्ष संस्थापन पक्षले पाएपछि महासचिव आफूहरुले पाउनुपर्ने सुदेश पराजुली र आरती लामाको दाबी छ । अनेरास्ववियूको १४६ सदस्यीय केन्द्रीय कमिटीमा ऐन महरको पक्षमा ८५ सदस्य छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार