logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपा स्थायी समिति बैठक बुधबार


  • राजनीति
  • मंगलबार, बैशाख ३० २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक बुधबार बस्ने भएको छ।

मंगलबार दिउँसो बुधबार स्थायी समिति बैठकमा उपस्थित हुन एसएमएस आएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए। बैठक बुधबार बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र छलफल नै नगरी राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको थियो। पार्टीमा विवाद चर्किदै गएपछि २० स्थायी समिति सदस्यले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेर स्थायी समिति बैठकको माग गरेका थिए।

वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी समिति बैठक बोलाएको थियो। बैठकका एजेन्डाको विषयमा वैशाख २४ गते बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि अन्तिम समयमा २४ गते साँझ अनिश्चित समयका लागि स्थगित भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार