राजनीति
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी उडाएको छ । हावाहुरीले विभिन्न स्थानमा बनाइएको स्वागतद्वारमा पनि क्षतिपुर्याएको छ भने अभिनन्दन स्थल बाह्र बिघा मैदान जलमग्न भएको छ ।
स्वागत गरिने भनिएको जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटो पनि विभिन्न स्थानमा जलमग्न भएको छ । कालोपत्र गरिएका सडक र विद्यापति राममन्दिरसम्मको बाटोमासमेत ठाउँ–ठाउँमा पानी जमेको छ ।