logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काठमाडौंमा ई पास खारेज, दियाे यस्तो कडा निर्देशन


  • राजनीति
  • मंगलबार, बैशाख ३० २०७७

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरिएका सम्पूर्ण अन्तरजिल्ला पास खारेज गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै यसअघि जारी भएका ई–पाससहित अन्तरजिल्ला पासहरु खारेज गरिएको जानकारी दिएको हो ।

कोरोना संक्रमितको सङ्ख्यामा एकाएक वृद्धि हुन थालेपछि काठमाडौं जिल्लाले पनि यसअघि जारी भएका अन्तरजिल्ला पास खारेज गरेको हो ।

गृह मन्त्रालयले मंगलबार मात्रै जेठ १ गतेबाट लागू हुनेगरी अन्तरजिल्ला आवतजावत गर्ने पास खारेज गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो ।

अब काठमाडौं उपत्यकाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेका अन्य पास पनि खारेज भएका छन् ।

यद्यपि यसअघि जारी भएका पासकै आधारमा सम्बन्धित जिल्लाभित्र भने आवतजावत गर्न दिइने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार यसअघि जारी भएका पहेंलो पासले पनि उपत्यकामा भने सवारीसाधन चलाउन पाइने छ । तर उपत्यकाभन्दा बाहिर जानु परेको अवस्थामा भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय गरी पास उपलब्ध गराउनुपर्नेछ ।

उनले भने, ‘तत्कालका लागि अन्तरजिल्ला पास बन्द गरिएको हो र जेठ १ गतेदेखि दुई जिल्लाको समन्वयमा मात्रै पास जारी हुनेछ । तर यसअघि काठमाडौंबाट जारी भएको पहेंलो पासले उपत्यकामा आवतजावत गर्न पाइने छ । अहिले नै पुरानो पास खारेज गरिसकेको भन्ने होइन, तर खारेज गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । १०–१० मिनेटमा निर्णय गर्नुपर्ने पनि हुनसक्छ ।’
हेर्नुस् सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार