logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आकस्मिक नेकपा स्थायी कमिटीकाे बैठक स्थगित


  • राजनीति
  • बुधबार, बैशाख ३१ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक स्थगित भएको छ । कोरोना माहामारीका कारण बैठक स्थगित भएको नेकपा केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार कोरोना माहामारी भइरहेका बेला स्थायी समिति सदस्यहरुको कोरोना परीक्षण गरिएको पीसीआर रिपोेर्ट आइनपुगेकाले बैठक स्थगित गर्नुपरेको हो । मंगलबार स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

बैठक आज ११ बजेलाई बोलाइएको थियो । तर डेढ घण्टा अघिमात्रै स्थगित गर्ने सूचना स्थायी समिति सदस्यहरुलाई पठाइएको छ । बैठक कहिले बस्ने भन्ने पनि खुलाइएको छैन । एक सचिवालय सदस्यका अनुसार अब जेठ १५ अघि बैठक बस्ने सम्भावना छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार