राजनीति
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गरेका छन् ।
बुधबार आफ्नो ट्विटर ह्याण्डलमार्फत् नेता श्रेष्ठले आफूलाई सुरक्षा खतरा महसुस नरहेको भन्दै सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारसँग आग्रह गरेका छन् ।
उनले आफूले खतरा महसुस नगरेको र आफ्नोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।
थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन।मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन।राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ।त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।
यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना पछिल्लो समय सुदूरपश्चिमी भूभागमा चर्चिकएको सीमा विवादसँगै सीमा सुरक्षाको लागि अपुग भएको खण्डमा राजनीतिक दलका नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने बारेमा चर्चा चलिरहेको बेलामा श्रेष्ठले आफ्ना सुरक्षाकर्मी फिर्तागर्न आग्रह गरेका हुन् ।
हेर्नुस् ट्विट