logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे सचिवालय बैठक, भयाेे यस्ताे निर्णय


  • राजनीति
  • शुक्रबार, जेष्ठ २ २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटार बसेको नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा शुक्रबार राट्रपतिले संसदमा प्रतुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेका थिए । सचिवालय सदस्यहरू महत्वपूर्ण सुझावहरु दिए । मिति तोकेपछि २ पटकसम्म स्थगित भएको स्थायी समिति बैठकबारे भने यस बैठकमा कुनै छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार