logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भारतीय सुरक्षाकर्मीहरुको घुसपैठ प्रति नेकपाको आपत्ति,सशक्त रुपले प्रतिरोध संघर्ष जारी राख्ने


  • राजनीति
  • बिहिबार, बैशाख २७ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बहानामा कुटनीतिक मर्यादा र नेपालको सार्वभौमिक अखण्डताप्रति नै प्रश्न उठ्ने गरी भारतीय सुरक्षाकर्मीहरुको घुसपैठ भएको भन्दैनेपाल कम्युनिस्ट पार्टीले  घोर आपत्ति जनाएको छ ।

आज नेकपाका पोलिटब्युरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज विरहीले विज्ञप्ति जारी गरी मोदीको भोलीबाट हुन लागेको भ्रमणको नाममा भारतीय सुरक्षाकर्मीहरुको घुसपैठले दलाल सरकारको चरित्रलाई झनै उदाङगो बनाएको बताउनु भएको छ ।

उहाँले नेपाल भ्रमण रहस्यमय र नेपाली नागरिकको चाहना विपरीत भएकोले अहिले नागरिकस्तरबाट चर्को बिरोध शरु भएको भन्दै आम नागरिक र देशभक्त व्याक्ति तथा संस्थाहरुको भावना र अभियानमा एकेबद्धता समेत जाहेर गर्नुभएको छ ।

उहाँले अरुण—३ को खारेजी र विराटनगरकोे २०६५ सालमा स्थापना गरेर अहिलेसम्म नहटाईएको बाढी नियन्त्रण तथा उद्धार कार्यालय’ नहटेसम्म आफ्नो पार्टीले सशक्त रुपले प्रतिरोध संघर्ष जारी राख्ने’ पनि बताउनु भएको छ ।

बिज्ञप्तीमा भनिएको छ, राजनीतिक विश्लेषणको आधारमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण अरुण—३ आयोजना कब्जा गर्न, विराटनगरको जासुसी अड्डा कायम राख्न र महाभूकम्पको पीडाको समयमा नेपालमाथि नाकाबन्दी लगाएर थप पीडा र घाँटी निमोठेर नेपाली जनतालाई झुकाउन गरिएको अपराधको ’प्रायश्चित’ गर्न हुँदैछ, यो भ्रमणले नेपाल सरकार र सरकारमा रहेका दलहरुको दलाल चरित्रलाई झनै उदांगो पारेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार