राजनीति
सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा यो निर्णय गरेको हो ।
काठमाडौंका सह-न्यायाधिवक्ता नुमराज खनालले अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला नपरेको बताए । उनले भने, ‘अहिलेलाई पछि प्रमाण फेला परे पुनः अनुसन्धान हुने गरी तामेलीमा राखेका छौं ।’
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी कृष्ण चन्दले आवश्यक प्रमाण फेला नपरेकाले आवश्यक निर्देशनका लागि भन्दै रायसहितको प्रतिवेदन पेश गरेको थियो ।
यसअघि १४ वैशाखमा काठमाडौं प्रहरी परिसरमा टेकुमा गएका जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवको जाहेरी प्रहरीले लिन मानेको थिएन । तर, सरकारी वकिलको कार्यालय, काठमाडौंले उनको जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको थियो ।