logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउन कायम राख्ने उच्चस्तरीय समितिकाे निर्णय


  • राजनीति
  • आइतबार, जेष्ठ ४ २०७७

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय भएको समितिका प्रवक्ता नारायण विडारीले जानकारी दिए ।

यस्तै क्वारेन्टाइनस्थल थप गर्दै जाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने निर्णय पनि बैठकले गरेको छ ।

आइतबारको मन्त्रिपरिषदको बैठकले समितिको सिफारिसका आधारमा यसबारे औपचारिक निर्णय लिनेछ ।

सरकारले लागू गरेको लकडाउनको समयसीमा सोमबारदेखि सकिदै छ ।

सरकारले चैत ११ देखि लकडाउन लागू गरेपनि नेपालका कोरोनाको संक्रमण देखिने क्रम भने रोकिएको छैन । आइतबारसम्म नेपालमा कोरोना संक्रममितको संख्या २९२ पुगेको छन् भने २ जनाको मृत्यु भएको छ ।

यस्तै ३६ जना भने निको भएर घर फर्किएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार