logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

यस्तो छ मोदी भ्रमणको तालिका


  • राजनीति
  • शुक्रबार, बैशाख २८ २०७५

छिमेेेेकी मुलुक भारतका प्रधानमन्त्री भ्रमणका लागि आज नेपाल आउँदै छन् । भारतीय वायुसेनाको हेलिकोप्टरबाट अहिले बिहान करिब सवा १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

मोदी जानकी मन्दिरमा पूजा र नागरिक अभिनन्दनपछि अाजै दिउँसो १ बजे काठमाडौं आउने तय भएकाे छ ।

मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा गरिएको छ । त्यसैले उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।

होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जानेछन् । त्यहाँ नेपाली सेनाले उनलाई सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ ।

त्यसपछि मोदी उच्चस्तरीय भेटघाटमा सक्रिय हुने बताइएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग करिब पाँच बजे उपराष्ट्रपति कार्यालय, बहादुर भवनमा भेटवार्ताकाे समय ताेकिएकाे छ ।

उपराष्ट्रपतिपछि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यतालिका छ ।

त्यसपछि उनी बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुग्नेछन् ।  दुई देशका समकक्षीबीच यही भेटवार्ता हुनेछ । मोदी र ओलीले अरुण तेस्रोका संयुक्तरुपमा शिलान्यास गर्ने बताइए पनि समय भने तय भइनसकेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

मोदीको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले आजै रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा सहभागी भएपछि मोदी हायातमा फर्केर बास बस्नेछन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार