logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बास्काेटा बिरु’द्ध अर्को उजुरी, ज्या’न मार्ने ध’म्कि दिएकाे दावी


  • राजनीति
  • मंगलबार, जेष्ठ ६ २०७७

लमजुङका विजयप्रकाश मिश्रले पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासहित २ सांसदबाट आफु र आफ्नो परिवारको जीऊ धन खत’रामा परेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । मिश्रले बास्कोटासहित सांसदहरु सूर्य पाठक तथा प्रेम आलेबाट आफुहरु असुरक्षित रहेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् ।

मिश्रले पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाको निर्देशनमा टोखा नगरपालिका ११ मा रहेको आफ्नो घरको तस्बिर समेत लिएको बताएका छन् । तस्बिर खिच्नका लागि ४ जना युवाहरुको आएको समेत उनले निवदेनमा उल्लेख गरेका छन् । तत्कालीन सञ्चारमन्त्री बास्कोटाले घुस बा’र्गेनिङ गरेको अडियो मिश्रले सार्वजनिक गरेपछि उनले तत्कालै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

आले डोटी र पाठक बाग्लुङबाट निर्वाचित सांसद हुन् । मिश्रले ताप्लेजुङका घनबहादुर कुताल र चित्रबहादुर कुतालले आफ्नो ठेगाना पूर्वमन्त्री बास्कोटालाई दिएको दाबी गर्दै आफुलाई मा’र्ने ष’डय’न्त्र भैरहेको समेत बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार