राजनीति
नेकपा माओवादी केन्द्रका नेता देब गुरुङले एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यबहारका कारण एमाले-माओवादी एकतामा शंका देखिएको बताएका छन्
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले सरकारको क्याबिनेटबाट गरिने निर्णय बाहेक सत्ता साझेदार रहेको दल माओवादी केन्द्रका अध्यक्षसँग कुनै परामर्श नगरी महत्वपूर्ण निणर्यहरु गरिनुले विश्वासको वातावरणमै शंका भएको बताए
गुरुङले पार्टी एकीकरणसँगै दुई अध्यक्ष रहने र एकले सकारकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने सहमति भएपनि पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले त्यस्तो ब्यवहार देखाउन नसक्दा बिश्वासको वातारणमा शंका देखिएको बताए । प्रधानमन्त्री ओलीको ब्यबहारले प्रचण्डलाई सेरोमोनियल बनाउन खोजेको जस्तो देखिएको नेता गुरुङको टिप्पणी छ ।