logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बैध आक्रोशित हुँदै भने यो सरकार निरंकुश र दमनकारी हो

मोदीको बिरोध गरेको भन्दै बैधका कार्यकर्ता गिरफ्तार


  • राजनीति
  • शुक्रबार, बैशाख २८ २०७५

नेपाल भ्रमणमा भएका नरेन्द्र मोदीको बिरोध गरेको आरोपमा आफ्ना नेता–कार्यकर्ता पक्राउ परेपछि नेकपा क्रान्तिकारी माओवादीले सरकारको विरोध गरेको छ ।

पार्टीका महासचिव मोहन वैद्यले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘ओली सरकारको यो निरंकुश र दमनकारी हर्कतको हाम्रो पार्टी घोर भत्र्सना गर्दछु । र, गिरफ्तार गरिएका सबैजनालाई शिघ्र रिहाईको जोडदार माग गर्दछ ।’

किरण द्धरा जारी विज्ञप्तीमा आज अपहरान्न १ बजे नेपाल प्रहरीले क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष आकाशलाई संकटाबाट तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको जिल्ला कार्यालय असनबाट मोर्चाका केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेल, केन्द्रीय सदस्य गोर्की श्रेष्ठ, जिल्ला सदस्यहरु बोजराज श्रेष्ठ, विकास तामाङ, प्रकाशचन्द्र ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार