logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

राष्ट्रपति र मोदी भण्डारीबीच भेटवार्ता


  • राजनीति
  • शुक्रबार, बैशाख २८ २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शितल निवास पुगेर मोदीले भण्डारीसँग भेट गरेका हुन्। दुई दिने नेपाल भ्रमणकालागि मोदी आजै जनकपुर हुँदै काठमाडौं आएका हुन्। भेटमा नेपाल र भारतको सम्बन्धलाई थप उचाईमा पुर्‍याउने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

त्यसअघि मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि भेटवार्ता गरेका थिए। मोदी र ओलीबीच अहिले द्वारिकाज होटलमा एक्लाएक्लै वार्ता भैरहेको छ।

मोदी भोली मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार