logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीले फिर्ता पठाए आफ्नो सुरक्षामा खटिएका ८ प्रहरी


  • राजनीति
  • आइतबार, जेष्ठ ११ २०७७

पोखरा – कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षाका लागी खटिएका ८ जना प्रहरीलाई फिर्ता पठाएका छन।

मुख्य मन्त्री शाहीले कोभिड १९ को बेला आफुलाई भन्दा जनताको सुरक्षामा प्रहरी अति आवश्यक र अग्र मोर्चामा खटिनु पर्ने हुदाँ जिल्ला प्रहरी कार्यालय सुर्खेतमाफिर्ता पठाएको उनका सचिवालयले बताए।

दुई जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक र ५ जना जवान सहित अगुवा गाडी समेत प्रहरी कार्यालयमा पठाएको हो ।मुख्यमन्त्रीले फिर्ता पठाएका प्रहरी शनिबारदेखि जिल्ला प्रहरी कार्यालयमार्फत् ड्युटीमा खटिइएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार