logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आकस्मिक प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक


  • राजनीति
  • मंगलबार, जेष्ठ १३ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुलाई डाकिएको जनाइएको छ। बैठकमा निशान छाप संसोधनका लागि एकमत बनाउने प्रयास गरिनेछ।

यसअघि वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार