logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रुकुम घटना ढाकछाेप भए जनसत्ताद्वारा छानविन गर्छाै : विप्लव

रुकुम घटना जनप्रतिनिधिकाे अगुवाइमा याेजनाबद्द हत्या


  • राजनीति
  • बुधबार, जेष्ठ १४ २०७७

शनिबार रुकुम पश्चिममा घटाइएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न दोषीउपर कडा कारबाही गर्न माग गर्दै यसलाई कुनै पनि बहानामा ढाकछोप नगर्न चेतावनी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो इन्चार्ज समरले आज एक प्रेस विज्ञप्ति जारी गरि जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ रानागाउँका नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती निवासी सुष्मा मल्लबिच केही वर्ष अगाडिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा बदल्नका लागि नवराज विकसहित १८ जनाको समुह सुष्माको घरमा जाने क्रममा केही जनप्रतिनिधिको योजना र नेतृत्वमा घेरा हाली आक्रमण गरिएको घटना अत्यन्तै क्रुर, निन्दनीय र विभत्स भएको बताएका छन् ।

उक्त घटनालाई तोडमोड गर्ने हर्कत र षड्यन्त्रहरु भइरहेको भन्दै घटनामा संलग्न दोषीहरुउपर कार्वाही गर्न र घटनाको वास्तविकतालाई ढाकछोप वा विषयान्तर गर्ने षड्यन्त्रहरुप्रति विभिन्न सरोकारवाला निकाय र आम जनतालाई सचेत रही खबरदारी गर्न अपिल गरेका छन ।

विज्ञप्ति मार्फत उक्त पाशविक, जघन्य र निशृंशतापूर्वक हत्या गरिएका युवाहरू नवराज विक, टिकाराम विक र गणेश बुढा मगर प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन । शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता पारिएका ३ जनाको अविलम्ब खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
हेर्नुस् विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार