राजनीति
पछिल्लो समय निकै कहालीलाग्दो ढंगले भएको नरसंहार भएको रुकुम ह’त्या कान्डको सत्य तथ्य छानबिन र ह’त्यारालाइ कार्वाहीको माग गदै जाजरकोटका युवाले सदरमुकाममा ब्यापक प्रर्दशन गरेका छन् ।
गत १० जेठमा रुकुमको सोती घ’टनामा मा’रिएका नवराज विक सहितका मृ’तकका परिवारको न्यायका लागि युवा प्रर्दशनमा उत्रिएका हुन्। प्रदर्शनकारीले पुर्वगृहमन्त्री जनार्दन शर्माको पुत्ला समेत जलाएका छन्।
ह’त्यारालाई का’रवाही गर, घ’टनाको निष्पक्ष छानबिन गर, घ’टनालाई तोडमोड गर्न खोज्ने जनार्दन मु’र्दावाद, मृ\तकलाई सहिद घोषणा गर लगायतका नारा लगाउँदै बजार परिक्रम गरेर वि’रोध गरेका हुन्।
नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा स्थानीय युवा युवतीले साथ दिएका थिए। लकडाउनको प्रवाह नगरी उनीहरु न्यायको लागि प्रर्दशनमा उत्रिएको बताएका छन्।
घट’नालाई राजनीतिक पहुँचका आधारमा पुर्वगृहमन्त्री तथा पश्चिम रुकुमका सांसद शर्माले घटनामा संलग्नलाई जोगाउन खोजेको भन्दै उनको पुत्ला ज’लाइएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष ललित बस्नेतले बताए।
घ’टनालाई तोडमोड हुन नदिन वारम्बारको खवरदारी आवश्यक रहेका कारण वि’रोधमा उत्रिनु परेको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन हुनु पर्ने, स्थानीयदेखि केन्द्रीय सत्ता सम्मको प्रभाव पर्न नहुने माग गरेकाछ्न ।
कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माका भाइ चौरजहारी नगरपालिका मेयर विशाल शर्मा दुवैको ससुराली सोती गाउँका मल्ल परिवार हुन्। घटनामा उनीकै संलग्नताको आ’रोप लागिरहेको छ। उनीलाई जोगाउन नेता शर्मा लागेको विद्यार्थी नेता बस्नेतले आरोप लगाएकाछन ।