logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसी विरुद्ध देशभर प्रदर्शन विप्लव नेकपाको यस्तो तयारी


  • राजनीति
  • बुधबार, जेष्ठ २१ २०७७

केपी वली नेतृत्वको वर्तमान सरकारले संसद बाट अमेरिकी परियोजना एमसीसी पारित गर्न खोजेको वि’रोधमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गए राती देशभर बि’रोध प्रदर्सन गरेको छ । एमसीसी राष्ट्रघा’ती भएको भन्दै सम्झौता पत्रमा आगो लगाएको छ । नेकपाले मेचीदेखि महाकालीसम्मका विभिन्न क्षेत्रमा उक्त सम्झौतापत्र जलाउँदै वली सरकार र अमेरिकी साम्राज्यवादको चर्को आलोचना पनि गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी दैलेखले मङ्गलबार पार्टीको केन्द्रीय योजनाअनुसार नेपाल सरकार संसद्बाट पास गराउन लागेको एमसीसी परियोजनाको सम्झौतापत्र जलाएको छ । दैलेख जिल्लाका गाउँपालिका र नगरपालिकाका ५ ठाउँमा सम्झौतापत्र जलाइएको जिल्ला इन्चार्ज कलम सिंहले जानकारी दिएकाछन ।

जिल्लाका ठाँटीकाँध गाउँपालिकामा सङ्केत र लालबहादुर भण्डारी, आठबिस नगरपालिकामा प्रकाश र सुदर्शन, नौमुले गाउँपालिकामा भूपेन्द्र र गुराँस गाउँपालिकामा जिल्ला सेक्रेटरी मदुरोको नेतृत्वमा कार्यक्रम सम्झौतापत्र जलाइएको बताइएको छ । कार्यक्रममा एमसीसी सम्झौताविरु’द्ध नारा पनि लगाइएको जनाइएको छ ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ललितपुरले जेठ १९ र २० गते जिल्लाका महानगरपालिका, नगरपालिका र विभिन्न ठाउँमा जिल्ला पार्टीको नेतृत्वमा केपीको कथित कम्युनिस्ट सरकारले संसद बाट पारित गर्न लागेको राष्ट्रघा’ती परियोजना एमसीसीको सम्झौतापत्र ज’लाएको समाचार प्राप्त भएको छ ।

यसैक्रममा युवा सङ्गठन नेपालले बाँकेमा एमसीसी सम्झौतापत्र जला’एको खबर प्राप्त भएको छ । देशलाई बिदेशीको रणमैदान बनाएर नेपालीको र’गत बगाउने योजनासाथ राष्ट्रघा’ती एमसीसी सम्झौता गरिएको भन्दै सङ्गठनले उक्त सम्झौतापत्र जलाएको हो ।

यसैक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रा’न्तिकारी),ललितपुर,पोखरा बिश्वबिधालय’ कालीकोटले जिल्लाका विभिन्न गाउँपालिका, वडा र स्थानमा राष्ट्रघा’ती एमसीसी सम्झौता जलाएको समाचार प्राप्त भएको छ । केपी नेतृत्वको नक्कली कम्युनिस्ट सरकारले संसद्बाट पारित गर्न लागेको राष्ट्रघा’ती सम्झौता एमसीसीको वि’रोधमा नेपाल कम्युनिस्ट पार्टीले निर्धारण गरेको केन्द्रीय कार्यक्रमअन्तर्गत अखिल (क्रा’न्तिकारी) जिल्ला समिति कालीकोटले २० गते जिल्लाभरि सम्झौतापत्र जलाएको जानकारी सङ्गठनका सचिव तदेन्द्र ऐडीले दिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च समन्वय समिति नेपाल केन्द्रीय समितिअन्तर्गत सम्पर्क मञ्चले उपत्यकाकाका विभिन्न ठाउँमा अमेरिकी एमसीसी परियोजनाको सम्झौतापत्र ११ ठाउँमा जलाएको जानकारी सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले दिएका छन् । उनका अनुसार जाउलाखेलमा मुक्तक लामाको नेतृत्वमा, नयाँबानेश्वरमा दीपक थापामगरको नेतृत्वमा, बागबजारमा शम्भु आचार्यको नेतृत्वमा, बालुवाटारमा टीका चौधरीको नेतृत्वमा, बौद्धमा अनिल राईको नेतृत्वमा, सुकेधारामा क्रान्तिको नेतृत्वमा, चक्रपथमा खेम प्रधानको नेतृत्वमा, म्हैपीमा प्रतीक अधिकारीको नेतृत्वमा, लैनचौरमा नारायण रिमालको नेतृत्वमा, जडीबुटीमा रूपक श्रेष्ठको नेतृत्वमा, चाबहिलमा निश्चल थापाको नेतृत्वमा, कोटेश्वरमा सलोन तामाङको नेतृत्वमा सम्झौतापत्र जलाइएको हो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी पाल्पाले एमसीसी सम्झौतापत्र जलाएको समाचार प्राप्त भएको छ । पाल्पाको रम्भा गाउँपालिकामा सम्झौतापत्र जलाइएको नेकपा पाल्पाले जनाएको छ ।

सम्झौतापत्र जलाएपछि युवा सङ्गठन नेपाल पाल्पाका नेता रक्तिमले एमसीसी राष्ट्रघा’ती सम्झौता भएको भन्दै कुनै पनि हालतमा संसद्बाट पास हुन नदिन देशभक्त नेपालीहरु सङ्घ’र्षमा उत्रिनुपर्ने बताए । उनले एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको अङ्ग भएको भन्दै यो सम्झौता संसद्बाट पास भए नेपाल अमेरिकी सेनाको क्री’डास्थल बन्ने बताए ।

यो सम्झौतामा नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ मा हस्ताक्षर भएको थियो । २०७५ पुस ३ गते नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो–प्यासिफिक रणनीति (आईपीएस) मा हस्ताक्षर गरेपछि एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) को प्रस्ताव बाहिर आएको थियो । यो प्रस्ताव हिन्द–प्रशान्त रणनीति (आईपीएस) अन्तर्गत अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित रहेको भन्दै देशभर वि’रोध भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार