राजनीति
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले पदीय भागभण्डा टुंग्याएका छन्।
अब दुई पार्टीको एकतापछि बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष, महन्थ ठाकुर केन्द्रीय समिति अध्यक्ष, उपेन्द्र यादव, केन्द्रीय समिति अध्यक्ष, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहने सहमति भएर एकता पक्का गरेका हुन्।
आज आइतबार दुबै पार्टीका शीर्ष नेताहरूबीच बालकुमारीस्थित पार्टी कार्यालयमा भएको छलफलमा तीन अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने सहमति जुटेसँगै पार्टी एकता पक्का भएको।
निर्वाचन आयोगमा नाम दर्ताका लागि अहिले पदाधिकारीको नाम लैजाने तयारी भएको बताइएको छ। दुई पार्टीले एकतापछि जनता समाजवादी पार्टी राख्ने निर्णय गरिसकेका छन।