logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

रुकुम नरसंहार : कफनमा किताव घोप्ट्याएर बिरोध प्रदर्शन, बिश्वबिद्धालय माथी गम्भीर प्रश्न ?


  • राजनीति
  • सोमबार, जेष्ठ २६ २०७७

रुकुम पश्चिममा भएको नरसंहार र जातिय आधार दलितमाथि हुने हत्याहिंसालाई लिएर त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा टाउकोमा सेतो कफन र किताव घोप्टो बनाएर सांकेतिक विरोध सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका नेता मोति बि.क.ले २१ औं शताब्दिमा पनि पढेलेखेकै मान्छे बाट विभेद भइरहेको र यस्तो विभेद लाई कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता ले नै समर्थन तथा संरक्षण गरेको देख्दा आफुलाई लाज लागेको बताए । उनले रुकुम मा भएको घटनाका दोषिलाई का’र्वाही नभए आफुहरु जस्तो सुकै आ’न्दोलन गर्न पनि पछि नपर्ने बताए ।

कार्यक्रममा सम्बोधन गर्दै अखिल (क्रा’न्तिकारी) केन्द्रिय सदस्य उषाकिरण बिश्वकर्माले बिश्वबिद्धालयहरु चेत निर्माणका केन्द्र भएता पनि त्यहाका पदाधिकारी, प्राध्यापक र बिद्यार्थीहरु रुकुम घटना जस्तो अमानवीय र जातिय नरसंहारका विरुद्ध नबोल्नु निकै लाजको बिषय भएको बताएकाछन । यदी यस्तै मौनता बिश्वबिद्धालयहरुमा देखिने हो भने बिश्वबिद्धालय केवल प्रमाणपत्र दिने र लिनेको भिड बाहेक केहि नहुने तर्क गरेका थिए ।

त्यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै बहकिने मन कार्यक्रमका संचालक तथा अधिकारकर्मी महावीर विश्वकर्माले अब आफुलाई बौद्धिक भन्नेहरुले दराजमा प्रमाणपत्र थन्काएर मात्र नराख्न आग्रह गर्दै न्याय को पक्षमा उभिएर इतिहासमा नाम लेख्न आग्रह गरे । उनले बनमा लागेको आगो निभाउनलाई कोइली चराले खेलेको भुमिकालाई स्मरण गराउदैं सबै न्यायका पक्षधरहरुलाई यो आ’न्दोलनमा सरिक हुन आव्हान पनि गरे । कार्यक्रम मा मार्क्सवादी अध्येता तथा अभियन्ता नवीन तिवारी र पुर्व बिद्यार्थी नेता जिडि नाथ गौरवको समेत सहभागीता थियो ।

कार्यक्रम सहभागी त्रिभुवन बिश्वबिद्धालयका पुर्व बिद्यार्थी नेता लोकेश बिश्वकर्माले दक्ष जनशक्ति उत्पादन गर्ने र बिबेकी मान्छे जन्माउने भनिएको मुकुलकै जेठो र ठुलो विश्वविद्यालयका प्राध्यापक तथा बिद्यार्थीहरु समेत यस्ता घटनामा मौन बस्नुले समग्र शिक्षा प्रणाली माथी नै प्रश्न उठ्ने धारणा राखेकाछ्न । उनले बिश्वबिद्धालयहरुले समेत न्याय र अन्याय छुट्याउन नसक्ने जनशक्ति उत्पादन गर्नु एक बेरोजगार थप्ने बाहेक खास परिणाम नआउने तर्क गरेका छन, किन विश्वविधालयले आलोचनात्मक चेतना निमार्ण गर्न सकेन भन्ने चौतर्फी प्रश्न उठेको र यसको जवाफ खोज्न यस्ता कार्यक्रम हुनु अत्यन्तै अर्थपुर्ण रहेको बिश्वकर्माले बताएकाछन । उनले समाजलाइ दिशानिर्देश गर्ने सक्ने चेतनाको जनशक्ति उत्पादन गर्ने बिश्वबिद्धालयहरुको मौनताले सामाजिक न्याय र मानवता माथी उपहास गरेको भन्दै बिश्वबिद्धालय तहसम्म पनि समाज नपढने र नपढाउने, नबुझ्ने र नजान्ने भन्दा अज्ञानता अर्को हुन नसक्ने तर्क गरेका छन ।

रबि सेन्चुरीको सयोजकत्वमा सम्पन्न कार्यक्रमको संचालन भने रामलाल राजवंशी विकेले गरेका थिए । कार्यक्रम समापन गर्दै सेन्चुरीले हरेक परिवर्तनका आ’न्दोलनहरु सानो बाट सुरु भएको स्मरण गराउदैं यो आन्दोलन लाई सानो को रुप दिएर खेलाची नगर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराएका थिए ।


कार्यक्रममा बिश्वबिद्धालयमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले रुकुम घटनाको दोषीहरुलाई कडा भन्दा कडा का’र्वाही नभएसम्म यो आ’न्दोलन रोक्न नहुने र निरन्तर अगाडि बढाउन सुझाव दिएका थिए ।

सहभागीहरुले नवराज बि.क लगायत छ जनालाई राज्यले उचित क्षतिपुर्ति पनि दिन पर्ने उनको भनाई थियो । कार्यक्रममा विभेद वि’रुद्ध नबोल्ने शिक्षा के का लागि, विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गर्यो?, अहिले नबोले कहिले बोल्ने, हाम्रो शिक्षाले कस्तो चेतना निर्माण गर्यो जस्ता नारा लेखिएका प्लेकार्ड लिएर सहभागी भएका थिए । कार्यक्रम रवि सेन्चुरीको अध्यक्षता र रामलाल राजवंशी विके को संचालनमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार