logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सरिता गिरीको घरमा कालोझन्डा


  • राजनीति
  • बिहिबार, जेष्ठ २९ २०७७

समाजवादी पार्टीकी सांसद सरिता गिरीको काठमाडौंस्थित घरमा कालोझण्डा गाडिएको छ।

गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ एक समूहले कालोझण्डा गाडिदिएको हो। सांसद गिरीको घरमा कालोझण्डा गाडिएको जानकारी आएपछि महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्याम ज्ञवालीको निर्देशनलगत्तै प्रहरी पुगेको थियो।

ज्ञवालीको निर्देशनपछि महानगरीय प्रहरी बृत्त कमलपोखरी र महाराजगञ्‍जबाट गएको टोलीले कालोझण्डा हटाएको थियो। महाराजगञ्ज प्रहरी बृत्तका एक अधिकृतले कालोझण्डा झिकेर घर आसपासमा निगरानी बढाइएको जानकारी दिएका छन्।

बुधबार नेपालको नयाँ नक्साविरु’द्ध संसदमा संशोधनको सूचना दर्ता गराएपछि गिरीप्रति देशभर जनआक्रोश बढेको छ। उनीसम्बद्ध जनता समाजवादी पार्टीले पनि तत्काल यो संशोधनको सूचना फिर्ता नगरेर कारवाही गर्ने बताइसकेको छ।

सांसद गिरीले पर्याप्त स्रोत र प्रमाण नपुगेको भन्दै संशोधन प्रस्ताव खारेज गर्न अर्को संशोधनको सूचना दर्ता गराइसकेकी छन्। बुधबारै नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ। समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले संशोधनसम्बन्धी सूचना तत्काल फिर्ता लिन भनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार