logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

देशको सीमा बनाउन मधेसीले भूमिका खेल्छ – राजेन्द्र महतो

भूमिको सवालमा अन्य कुरालाई थाती राख्दै संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने


  • राजनीति
  • शनिबार, जेष्ठ ३१ २०७७

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले संविधानका कतिपय प्रावधानमा कैयौ असन्तुष्टि भएपनि देशको भूमिको सवालमा अन्य कुरालाई थाती राख्दै संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने बताएको छ ।

नेपालको भूमि नेपालीले आफ्नो नाममा लेखाउने दिन भएकाेले यो दिन विशेष रहेको नेता महतोको भनाइ छ । संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले अनुहार हेर्नेबित्तिकै कसैलाई मधेसी वा यो त भारतीय होला भन्ने नश्लवादी कुण्ठा हटाउन सबैलाई आग्रह गरे ।

उनले मधेसीले सीमा रक्षाका लागि पनि संघर्ष गरेको स्मरण गराउँदै मधेस र मधेसीको राष्ट्रियताका बारेमा शंका नगर्न आग्रह गरे । ‘संविधानप्रति पूरै असन्तुष्टि छ, हाम्रा असन्तुष्टिहरू कायम छन् । आज देश राष्ट्रियता र हाम्रो भूमिको सवाल उठेको छ, सबै कुरालाई थाती राख्दै संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने छौं,’ महतोले भने, ‘आजको दिनदेखि यो त मधेशी राष्ट्रघाती हो, कुण्ठा बोकेकाले आजदेखि त्यो चिन्तन हटाइदिनुस्, राष्ट्रियताको पक्षमा हामीले कति अग्निपरीक्षामा भाग लिने ?’

महतोले मेधसी जनताको राष्ट्रियताप्रति सधैँ शंका गरिएको भन्दै आपत्ति पनि जनाए ।महताले भने संसदमा भने, ‘मधेसीलाई राष्ट्रद्रोही भन्ने? मेधसी सीमा रक्षक हो। हामीलाई देख्ने वित्तिकै राष्ट्रघाती भन्ने दिन गए। देशको सीमा बनाउन मधेसीले भूमिका खेल्छ।’

उहाँले संविधान संशोधन प्याकेजमै ल्याउन चाहेको तर प्रधानमन्त्रीले मधेशी जनजातिका कुरा सुन्दै नसुनेको बताउनुभयो । उहाँले संविधानमा कैयौँ असन्तुष्टि हुँदा हुँदै पनि राष्ट्रियता र भूमिको सवाल उठेकाेले सबै असन्तुष्टिलाई थाती राखेर जसपाले सर्वसम्मतीले समर्थन गरेको बताउनुभयो ।

नेता महताेले महाकाली सन्धि गर्नु गम्भीर गल्ती भएको बताउनुभयो । महाकाली सन्धिले नै महाकाली नदीको स्रोत छुट्याएको भन्दै नेता महतोले महाकाली सम्झौता राष्ट्रघाती सम्झौता भएको बताउनुभयो । सन्धी गर्नेहरुलाई कारबाही गर्न नेता महतोले माग गर्नुभयो । मधेशी समुदायलाई राष्ट्रघाती भनेर जहिल्यै हेप्ने गरेकोमा उहाँले गुनासो गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार