logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

संविधान संशाेधन भएपछि भारतकाे दियाे यस्तो प्रतिक्रिया


  • राजनीति
  • शनिबार, जेष्ठ ३१ २०७७

नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न नेपालले शनिबार गरेको संविधान संशोधनमा भारतले प्रतिक्रिया दिएको छ ।

आफ्नो केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालले संविधान संशोधन गरेको भन्दै भारतले यो मान्य नहुने बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् ।

उनले अघि भनेका छन्, यसले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ ।’

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेर नयाँ नक्सा जारी गरसँगै भारतले विरोध गर्दै आएको छ । तर शनिबार संसदले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार