राजनीति
सतारुढ नेकपाको ४ बजे बस्ने सचिवालय बैठक दोस्रो पटक स्थगित भएको छ ।
एमसिसी बारे छलफ्फल ग्गर्न भनी आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित हएको हो । नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले बैठक स्थगित भएको जानकारी गराए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बिग्रिएपछि आजका लागि डाकिएको सचिवालय बैठक स्थगित भएको जानकारी दिए। ‘प्रधानमन्त्री अस्वस्थ भएको भन्ने खबर आएको छ,’ प्रवक्ता श्रेष्ठले भने।
नेकपमा विवादित एमसीसीबारे छलफलका लागि गत जेठ २७ गते बोलाइएको सचिवालय बैठक स्थगित भएको थियो।
नेकपा चिवालयका अधिकांश सदस्यहरु यथास्थितिमा पास गर्न नहुने पक्षमा छन्। प्रधामन्त्री ओली एमसीसी पास गर्नुपर्ने पक्षमा छन्।