logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सविधान संशोधनको मतदान प्रकियामा सहभागी नहुने सांसदलाई नेकपाले माग्यो स्प्ष्टीकरण


  • राजनीति
  • मंगलबार, असार २ २०७७

पोखरा – सविधान संशोधनको मतदान प्रकियामा सहभागी नभएका आफ्ना सांसदहरुलाई नेपाल कम्युनिष्ट पार्टीले स्पष्टीकरण सोधिएको छ ।

गत जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदान गर्ने दिन सत्तारुढ दलकै चार जना सांसदलाई पार्टीले स्पष्टीकरण सोधिएको हो ।

नेकपा संसदीय दलले अनुपस्थित हुने सांसदहरु गोपालबहादुर बम, धनबहादुर बुढा, हरिबोल गजुरेल र शिवकुमार मण्डललाई अनुपस्थित हुनाको चित्तबुझ्दो जवाफसहितको स्पष्टीकरण मागिएको हो ।

उनीहरुलाई जवाफ दिन ५ दिनको समय दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार