logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पार्टीभित्र एमसीसीमा विवाद भइरहेका बेला असार १० गते नेकपाको स्थायी समिती बैठक


  • आश तमु
  • बुधबार, असार ३ २०७७

आश तमु , पोखरा – पार्टीभित्र एमसीसी लगायतका मुद्दामा विवाद भइरहेका बेला सतारुढ नेकपाले स्थायी समितीको बैठक बोलाएको छ ।

अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन बारे पार्टी भित्रै दुई मत बाझिदा असार १० गते बैठक मिति तय गरिएको हो । बुधवार साँझ नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओली बीच भएको भेटघाटले बैठक बोलाउने सहमती गरेको स्रोतले बताएको छ ।

स्थायी कमिटी बैठक बोलाएकाले एमसीसीको छिनोफानो अब त्यहीँबाट हुने सम्भावना बढेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार