logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

खै १० अर्ब ? प्रधानमन्त्री भन्छन्- ‘तल पठाइयो’ कताबाट देखाइदिने ? यहाँ छ भनेर…..


  • राजनीति
  • शुक्रबार, असार ५ २०७७

पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै असन्तुष्टि जनाएका छन ।

राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले १० अर्ब तल पठाइएको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘१० अर्ब खोइ भनिएको छ । १० अर्ब तल पठाइयो ।’

हिसाबकिताब खोज्नेहरुसँग आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त पैसाले क्वारेन्टाइनमा रहेकाहरुको खुवाएको, क्वारेन्टाइन व्यवस्थापन गरेको बताए । उनले भने, “उचाल्नेहरुलाई त उचाल्न सजिलो छ । खै १० अर्ब ? भनेर । अब यता १० अर्ब कताबाट देखाइदिने १० अर्ब यहाँ छ भनेर । १० अर्ब त तल पठाइयो यहि कामका लागि । महिनौदेखि मान्छेहरु खटेका छन्, क्वारेन्टाइन निर्माण गरेको छन्, क्वारेन्टाइन व्यवस्थापन गरेका छन्, क्वारेन्टाइनमा बस्नेहरुलाई खुवाएका छन् ।”
स्थानीय तहहरूले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरूलाई खुवाउनमा सो पैसा खर्च गरिएको उनले बताए । स्थानीय जनप्रतिनिधिहरूको गुन गर्नुको साटो अपमान गर्न नहुने उनले बताए ।

खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, ‘मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरताबारे वास्ता छैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार