logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राष्ट्रिय स्वाधीनता विपरीत एमसीसी कुनै पनि हालतमा पास हुन दिन्न – देव गुरुङ


  • राजनीति
  • सोमबार, असार ८ २०७७

पोखरा – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालको राष्ट्रिय स्वाधीनताण्विपरीत आउन खोजेको एमसीसी कुनै पनि हालतमा पास नहुने बताउनुभएको छ।

नेता गुरुङले पास गर्ने स्थितिमा भने असमान र नेपाललाई तल पार्ने किसिमका प्रावधानहरू पूर्ण रूपले संशोधन गरिने बताउनुभएको छ।

उहाँले यथास्थितिमा संसद्बाट अनुमोदन गर्न नसक्ने कुरा राख्दै भन्नुभयो– ‘अमेरिकाले हामीलाई पहिलो कुरा नेपाललाई इन्डो प्यासिफिक स्ट्रयाटेजिक पार्टनरसिप (आईपीएस) मा नरहने कुरा स्पष्ट गर्नुपर्छ, दोस्रो कुरा त्यससँग जोडिएका कुनै पनि प्रोजेक्ट नलिने, तेस्रो कुरा आइपीएससँग नजोडिएका विशुद्ध आर्थिक विकाससँग मात्र जोडिएका र त्यसमा पनि समान सर्तहरूको आधारमा मात्रै व्यापक सुधारपछि मात्रै स्वीकार्न सकिन्छ।’

उहाँले अमेरिकाले चाहेको र सोचेको जस्तो मात्रै नभएर नेपालको राष्ट्रिय हितअनुकूल बनाएर एमसीसी सम्झौता अनुमोदनको वातावरणका लागि आफूहरू छलफल गर्न तयार रहेको पनि बताउनुभयो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार