राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीलगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेतालाई शीतल निवासमा बोलाएकी छिन्।समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई बोलाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी जानकारी दिए।
उनका अनुसार कोभिड-१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई बोलाइएको हो। छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ।’कोभिड -१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन, उनले भने, ‘सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न नेताहरुलाई बोलाउनु भएको हो।राष्ट्रपतिको यो नियमित भेटघाट पनि हो।’