logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दश महिना पछि अदालतबाट छुटेका बिरजङ्ग पुन् गिरफ्तार, काभ्रे लगिदै


  • राजनीति
  • सोमबार, असार १५ २०७७

बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ दाङ देउखुरी जिल्ला अदालतले रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेर काभ्रे लगेको छ ।
आज दाङ देउखुरी जिल्ला अदालतमा १५ हजार धराैटी दाखिला गरेपछि अदालत परिसरबाट रिहा भए लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको हो ।

गत २०७५ असाेज २९ गते ने.क.पा. राप्ती ब्युरो बैठकबाट २१ जना गिरफ्तार पर्नु भएका मध्ये तुलसीपुर कारागारबाट उहाँ आज जिल्ला अदालतमा धराैटी दाखिला गरि रिहाइका लागि उपस्थित गराइएको थियो ।

अदालतबाट रिहाइ भएलगत्तै अदालतमै फुलमाला अविरले उहाँलाई स्वागत गरिएको थियोे त्यसको केही छिनमै प्रहरीले पुनः गिरफ्तार गरि काभ्रे लगिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार