logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमाले दर्ताको लागी निर्वाचन आयोगमा निवेदन, सत्तारुढ दलमा खैलाबैला


  • राजनीति
  • मंगलबार, असार १६ २०७७

निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेकाे विषयमा छलफल भएको बताए । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए । श्रेष्ठका अनुसार सो विषयमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिएका थिए ।

प्राप्त जानकारीअनुसार झापाका सन्ध्या अधिकारीको नाममा पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ ।

आजको बैठकमा यसबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको बताए । उनले आजको बैठकमा एमालेको नाममा पार्टी दर्ता र प्रधानमन्त्रीले सरकार ढाल्न भारतको हाल रहेको भन्ने अभिव्यक्तिका विषयमा छलफल भएको भन्दै मुल एजेण्डामा प्रवेश नगरिएको बताए । आजको बैठकमा प्रचण्डसहित १२ नेताले आफ्नो धारणा राखेको श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार