logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सहिद वावुलाई संम्झदै भावह्विल बने बास्तोला, वावुले उठाएको झन्डा झुक्न नदिने अठोट


  • आश तमु
  • मंगलबार, असार १६ २०७७

पोखरा –  जनयुद्दका सहिद क.बिजय राज बास्तोला ‘अजित’ लाई आज प्रतिबन्धित नेकपा निकट बिधार्थी संङठन अखिल क्रान्तिकारी कास्कीलेले सम्झिएको छ। अखिल क्रान्तिकारी कास्कीले पोखरामा एक कार्यक्रम बीच सहिद बिजय राज बास्तोला क. अजितको १६ औं स्मृति सभा गर्दै सम्झिएको हो ।

सभामा सहिद बास्तोलाका सुपुत्र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश बास्तोलाले बाबुले उठाएको झण्डा झुक्न नदिने र आफू हालसम्म पनि निरन्तर बाबुको सपना पुरा गर्न लागिरहने भन्दै भावह्विल भएका थिए ।

सुपुत्र बास्तोलाले आफ्ना बाबुलाई सम्झदै तत्कालिन शाही नेपाली सेना द्वारा अन्य साथिहरु सहित गिरफ्तार पछि कास्की अर्मलाकोट भन्दा माथी डाडाँको एक घरमा घेरा हाली हत्या गरिदिएको र सँगै रहेका केही सहयोद्दाहरु नाटकीय ढङ्गले उम्केर अहिले सांसद पदमा हुदाँ समेत क्रान्तिलाई धोका दिएको र सहिदको सपना भुलेको आरोप लगाए ।

पुत्र बास्तोला अनुसार बुवा क.अजित जनयुद्दकालमा २०५६ जेठ १ गते देखि पार्टीको पुर्णकालिन कार्यकर्ता भएका थिए । पार्टीको योजनामा उहाँ पश्चिम रोल्पा, रुकुमसम्म अभियानकर्मीको हैसियतमा सहभागिता जनाउनु भएको र सहादतको समयमा तत्कालिन नेकपा (माओवादी )ईलाका पार्टी सदस्यको भूमिकामा रहेर काम गर्दै आउनुभएको बताए ।

सहिद क .बिजय बास्तोला २०२५ भदौ २१ गते साविक सिद्द गाबिस १, टाकान्जा कास्कीमा बाबू कृष्ण बिलास बास्तोला र आमा कृष्णकुमारी बास्तोलाको कोखबाट जन्मिएका हुन । उहाँका श्रीमती खिमादेबी बास्तोला, भाइ उदयराज बास्तोला,दिदी पार्वती अधिकारी, छोरा प्रकाश बास्तोला र छोरीहरु पबित्रा र अस्मिता बास्तोला छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार