मंगलवार दाङको शान्तिनगर गाउँपालिकाका २ का वडा अध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै आ’क्र’मण भएको छ ।
मंगलबार बिहान साढे ११ बजे वडा शान्तिनगर गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै ५७ जनाको समूह आएर र’ड र ला’ठी प्र’हार गरी ग’म्भीर घा’इते बनाएको थियो। आ’क्रम’णको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ ।
नेकपाका शान्तिनगर गाउँपालिका सेक्रेटरी कमल सिंहले आ’क्रम’णको जिम्मा लिएका हुन्। वडा अध्यक्ष डाँगीलाई विभिन्न सातवटा आ’रोप लगाउँदै जनताको मागअनुसार पहिलो चरणको सामाजिक का’रवा’ही गरिएको सिंहले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।
विभिन्न व्यक्तिलाई कु’टपी’ट गरेको, गु’ण्डाग’र्दी गरेर समाजमा सामाजिक वि’कृ’ति फैलाएको, जुवातास खेल्ने खेलाउने गरेको, आस्थाका आधारमा जनतालाई सेवा दिएको, भ्र’ष्टाचार गरेको सिंहले आरोप लगाएको हो ।