logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यी हुन स्थायी समितिमा प्रम ओलीको राजिनामा माग्ने १७ सदस्य (नामवली सहित )


  • राजनिती न्युज डेस्क
  • मंगलबार, असार १६ २०७७

नेकपा स्थायी समिति बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

स्थायी समितिको मंगलबार बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १८ जनाले बोलेका थिए।

बैठकमा बोल्नेमध्ये १७ जनाले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।

प्रधानमन्त्रीको राजीनामा माग्नेमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत छन्।

स्थायी समिति सदस्यहरू वेदुराम भुषाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, गोकर्ण विष्ट र भीम आचार्यले पनि प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार