logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

“ओलीजीको दम्भ, आडम्बर, अहंकार र व्यक्तिवादी चिन्तनले सीमा नाघ्यो” – नेपाल


  • राजनिती न्युज डेस्क
  • बुधबार, असार १७ २०७७

सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’

प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा ।’

‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नु भएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिर्नु पार्टी नेताहरूको पूर्वाग्रह हो’, ओलीको जवाफ थियो, ‘सरकारले के कति काम गरेको छ म फेहरिस्त राख्न सक्छु । पूर्वाग्रह राख्ने काम नेताहरूले गर्नु हुँदैन ।’

दाहाललाई वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका थिए । उनीहरूले पनि प्रधानमन्त्री ओलीले सरकार र पार्टीका दुवै नेतृत्व नैतिकताका आधारमा छोड्नुपर्ने माग राखे ।

“ओलीजीको दम्भ, आडम्बर, अहंकार र व्यक्तिवादी चिन्तनले सीमा नाघ्यो”

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली नै पार्टीलाई सिध्याउने अभियानमा लागेको बताए । ‘ओलीजीको दम्भ, आडम्बर, अहंकार र व्यक्तिवादी चिन्तनले सीमा नाघ्यो,’ नेपालले भने, ‘७० वर्षको इतिहास बोकेको कम्युनिस्ट आन्दोलन तपाईंको चाहनामा ढल्दैन चेतना भया ।’ उनले आफू मालिक बनेर अरूलाई दास ठान्ने प्रवृत्ति ओलीमा रहेको भन्दै उनी जहिले पनि गुटको नेतामात्रै बन्न सक्ने र कहिल्यै पार्टीको नेता बन्न नसक्ने टिप्पणी गरे । नेपालले पनि सरकार र पार्टी नेतृत्वबाट राजीनामा दिन ओलीलाई सुझाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार