logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राष्ट्रपतिद्वारा चालू बजेट अधिवेशन अन्त्य


  • राजनीति
  • बिहिबार, असार १८ २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले चालू बजेट अधिवेशन अन्त्य गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले बिहीबार अपराह्न ५ बजेदेखि लागू हुने गरी संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।

बिहीबार बिहान मात्र मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेकाे थियो ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गऱ्याे । लगत्तै राष्ट्रपतिबाट बिहीबार बेलुका ५ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना पनि आइसक्यो ।

अधिवेशन अन्त्य भएकोबारे सार्वभौम संसद्का सभामुख अग्नि सापकोटासँग छलफल नै नभएको सभामुखनिकट स्रोतले जनाएको छ ।

अधिवेशन अन्त्यबारे राष्ट्रिय सभा अध्ययक्ष गणेश तिमल्सिनासँग पनि छलफल नभएको बुझिएको छ । यसरी मन्त्रिपरिषद्ले संसद्सँग सल्लाह पनि नगरी अधिवेशन अन्त्य गराएको छ । बजेट अधिवेशन अन्त्य भएसँगै संसद्का धेरै कामकारबाही पनि प्रभावित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार