logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अखिल क्रान्तिकारी कास्की र तनहुँद्दारा प्यावसन र एन प्यावसनलाई ध्यानार्कषण पत्र


  • आश तमु
  • बिहिबार, असार १८ २०७७

कास्की – अखिल (क्रान्तिकरी ) गण्डक ब्युरो अन्तरगर्त कास्की जिल्ला समिती र तनहुँ जिल्ला समितीले बन्दा बन्दीको समयमा अनलाइन शिक्षाको नाउमा विधार्थी र अभिभावकहरु सँग रकम असुल गर्ने,पाठ्यक्रम परिवर्तन गर्ने र बिभिन्न बहानामा चर्को शुल्क अशुल गर्ने गरिएको विरुद्द जिल्लागत प्यावसन र एन प्यावसनलाई ध्यानार्कषण पत्र बुझाएको छ ।

अखिल क्रान्तिकारी कास्कीका सयोजक पुरन पुन र तनहुँका अध्यक्ष ममता रुचालए प्यावसन र एन प्यावसनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा बन्दाबन्दीको अवस्थामा अनलाइन शिक्षाको नाममा प्याबसन र एनपाबसनले शुल्क असुल गर्न निर्देशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यो निर्णय तत्काल फिर्ता गर्न माग गरिएको छ । मंगलबार अखिल (क्रान्तिकारी) गण्डक ब्युरोले प्रेस विज्ञप्ती जारी गरी संघर्षको घोषणा गरेको थियो ।

संघर्षको कार्यक्रम अनुसार असार १७ गते ध्यानाकर्षण–पत्र बुझाउने, असार १९ गते अन्तरक्रिया गर्ने, असार २१ गते शुल्क असुलीको विरुद्ध अभिभावक सहित बिरोध प्रदर्शन गर्ने, असार २३ गते शुल्क असुल गर्ने बिद्यालयमा कालो ब्यानर राख्ने, असार २५ गते शुल्क असुल गर्ने बिद्यालयको लेखा र प्रशासनमा तालाबन्दी गर्ने बताएको थियो । त्यसपछि शुल्क फिर्ता नगरिएमा थप प्रतिरोधात्मक सङ्घर्ष गर्ने विज्ञप्तीमा उल्लेख रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार