logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

एउटै पार्टीका दुई अध्यक्षले खुवाए एक अर्कालाई सपथ “गठन भयो नेपाल कम्युनिस्ट पार्टी”


  • राजनीति
  • बिहिबार, जेष्ठ ३ २०७५

नेकपा एमाले र मकाओवादीको एकतापछि बनेको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सामूहिक सपथ लिएका छन्।

एकीकृत पार्टीको  प्रधामन्त्री निवास बालुवाटारमा बसेको पहिलो बैठकमा अध्यक्ष केपी शार्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई सपथ गराए।

पार्टी एकतापछि ओली र प्रचण्ड दुवै जना अध्यक्ष रहने भएका कारण एक अर्कालाई सपथ गराएका हुन्।

एमाले र माओवादी केन्द्रबीचको एकता पछिको एकीकृत पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्यीय स्थायी समिति बन्ने भएको छ।

दुई अध्यक्षको सपथपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुलाई सपथ गराएका हुन् बैटकले दुवै पार्टीका नाममा रहेको सम्पूर्ण सम्पत्ति एकीकृत पार्टीमा लैजाने निर्णय समेत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार