logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

‘नेविसंघ जहाँ पनि हार्‍या हार्‍यै छ, हामले जता पनि जित्थे ! लाज पनि छैन यार – देउवा


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असार १९ २०७७

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) माथि आक्रोश पोखेका छन् । सभापति देउवाले आपसी झगडामा रमाएको भन्दै भातृ संस्था नेविसंघ नेतृत्वलाई थर्काए पनि। विद्यालयहरूमा नेविसंघ गठन नगरेको तर सहरमा ठूलाठूला भाषण गर्ने गरेको भन्दै देउवाले नेविसंघप्रति असन्तुष्टि जनाएका हुन ।

गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा नेविसंघ केन्द्रले काठमाडौंको शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले असन्तुष्टि पोखेका हुन्। कोरोना महामारीका बेला यस्तो सार्वजनिक कार्यक्रम आयोजना गरेको प्रति समेत देउवाले असन्तुष्टि जनाए। देउवाले प्रश्न गरे, ‘यस्तो बेला बढ्दा जान्ने भइहाल्नुपर्ने। यस्तो बेला कार्यक्रम गर्नुपर्ने?’

नेविसंघ पछिल्लोपटक महाधिवेशन रोकिएर तदर्थ समितिमा अड्किएको छ। तदर्थ समितिको म्याद पनि घर्किँदै छ। यसबारे प्रश्न उठेपछि देउवाले समस्या विस्तारै मिल्ने बताए।

आफू नेविसंघको अध्यक्ष भएर नै प्रधानमन्त्री भएको उल्लेख गर्दै देउवाले अहिलेको तालले यस्तो पद पाउन मुश्किल हुने ठोकुवा गरे । ‘नेविसंघको अध्यक्ष भएको मान्छे म तीन तीन पल्ट प्रधानमन्त्री भइसकें । तपाईहरु हुन सक्नुहुन्छ यस्तो हिसाबले । लाज पनि छैन यार’, देउवाले भने ।

उनले नेविसंघले जहाँ पनि चुनाव हारेको उल्लेख गर्दै देउवाले काठमाडौंमा भाषण छाट्दैमा ठूलो नभइने तर्फ प्रस्तुत गरेका थिए ।

‘नेविसंघ जहाँ पनि हार्‍या हार्‍यै छ । हामले जता पनि जित्थे । लाज पनि छैन यार । अहिले गाउँमा छ नेविसंघ ? गाउँको विद्यालयमा छ ? कहाँ छ नेविसंघ ?’, उनले भने, ‘गाउँमा जाउ । नेविसंघ जहाँ पनि हार्‍याहार्‍यै छ, काठमाडौं आएर बढ्ताबढ्ता भाषण गरेर केही हुँदैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार