logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुर्वमाओवादीका मन्त्रीहरुले सरकार छाड्दै !


  • राजनीति
  • शुक्रबार, असार १९ २०७७

सत्तारुढ नेकपाभित्रको शक्ति संघर्षका कारण पार्टी विभाजनतर्फ जान लागेको भन्दै पुर्व माओवादीबाट सरकारमा रहेकामन्त्रीहरुले सरकार छाड्ने तयारी गरेका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै विभाजनको सँघारमा पुगेर ती मन्त्रीहरुले राजीनामाको तयारी गरेका हुन् ।

आन्तरिक विवाद सुल्झाएर जानेभन्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू अनुकूल निर्णय लिँदै अघि बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले जारी स्थायी कमिटी बैठक पार्टी विभाजनको प्लेटफर्म बन्नसक्ने जनाएका छन्। उनले निकटका नेताहरूलाई त्यसका लागि तयार रहनसमेत संकेत गरेका छन्।

पार्टीका शीर्ष नेताहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने बाटो खुला गर्न लागेको आरोप लगाएका छन् भने ओली पक्षले सरकारलाई काम गर्न नदिएर दाहाल(नेपाल पार्टी फुटाउन लागेको आरोप लगाएका छन्।

आन्तरिक विवाद सुल्झाएर जानेभन्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू अनुकूल निर्णय लिँदै अघि बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले जारी स्थायी कमिटी बैठक पार्टी विभाजनको प्लेटफर्म बन्नसक्ने जनाएका छन्।

‘स्थायी कमिटी बैठक स्थगित गर्नुअघि दाहालले पार्टी एकतामा गम्भीर संकट प¥यो, भोलि एकपटक एकताका लागि पहल गर्छु भन्ने अभिव्यक्ति दिएपछि बैठक हल नै स्तब्ध भयो’, स्थायी कमिटीका एक सदस्यले भने।

उनका अनुसार पूर्व माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले आवश्यकता परे आपूmहरु राजीनामा दिएर पार्टीको निर्णय लागु गर्न तयार रहेको समेत बताएका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

‘पार्टीले आवश्यक परेका बेला फिर्ता बोलाओस्, हामी राजीनामा दिएर आउँछौं’, मन्त्रीसमेत रहेका एक स्थायी समिति सदस्यले बैठकमा भनेका थिए।

ओली एक सातादेखि जारी स्थायी कमिटी बैठकलाई बेवास्ता गर्दै आएका छन्। तिक्तता बढ्दै जाँदा बिहीबारको बैठकमा ओली सहभागी भएनन्। ‘तपाईंहरु बाहिरै बैठक बसेर आउनुभएको छ, निर्णय गरेर जानुस्’ भन्ने कटाक्ष ओलीबाट आएपछि बैठक स्थगित भएको थियो। बुधबार साँझ ललितपुरमा दाहाल–नेपालले गरेको भेलालाई लक्षित गर्दै ओलीले कटाक्ष गरेका थिए।

बैठक अघि बढाउनेबारे दुई अध्यक्ष ओली र दाहालबीच दुई–दुईपटक छलफल भए पनि निष्कर्ष निस्केन। ‘ओली बैठकमा आउन नमानेपछि दाहाल आफैंले बैठक सञ्चालन गरेका थिए। प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बसाएपछि स्थायी कमिटीको बैठक स्थगित गरी दाहाल ओलीलाई भेट्न पुगे र त्यहाँबाट राष्ट्रपति कार्यालयमा गएका हुन्’, एक स्थायी कमिटी सदस्यले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार