logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

हतारमा गरिएको एकता प्रति मेरो पुर्ण समर्थन छैन : मणि थापा


  • राजनीति
  • बिहिबार, जेष्ठ ३ २०७५

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणी थापाले आज घाेषणा हुँदै गरिएको एमाले माअाेवादी केन्द्रकाे एकतामा आफ्नो आलोचनात्मक समर्थन मात्रै रहेको बताएका छन् ।

थापाले एकताको लागि आवश्यक पर्ने विचार र संगठनमा छलफल नै नगरी हतारमा एकता गर्न लागेको बताए ।

थापाले भने, “यो एकतामा मेरो आलोचनात्मक समर्थन छ, एकीकृत पार्टीको आगामी कार्यक्रम, संगठनलगायतका विषयमा व्यपापक हुन बाँकी नै हुँदाहुँदै एकता हुन लागेको छ ।” उनले समाजवाद मात्रै भनिएको त्यसको कार्यक्रम के हुने भन्ने दुबै पार्टीबीच छलफल नभएको समेत बताए ।

बिगतको समिक्षा नगरेरै पार्टी एकता हुन लागेको भन्दै असन्तुष्टी समेत जाहेर गरे । “विगतको समिक्षा भएको छैन । यसले भोलिको दिनमा कतै न कतै तितोपन बाँकी रहने हुँदा समिक्षा गरिनु पथ्र्यो, त्यो पनि भएन” थापाले भने ।

दिउँसो बोलाइएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा आफूले कुरा राख्ने जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार