logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

एकता माओवादीको एमालेकरण नै हो : लेखनाथ न्यौपाने

यो पार्टी माक्र्सवादी र लेनिनवादी हुनैसक्दैन


  • राजनीति
  • शुक्रबार, जेष्ठ ४ २०७५

चर्चित युवा नेता पुर्व माओवादी केन्द्रका कार्यालय सदस्य लेखनाथ न्यौपानेले एकता सम्बन्धि आफ्नो धारणा सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेकाछन ।

जेठ ३ गते बेलुकी ८ : ५६ बजे स्टाटस अपलोड गर्दै यो एकता चुनावी लाइन र राजनीतिक वंश एउटै भएकाको मिलन  रहेको बताएकाछन । मुल रुपमा माक्र्सवादी पनि नरहेको यो पार्टी लेनिनवादी हुनै नसक्ने तर्क समेत गरेकाछन । यो एकतालाइ जे जे भनेर तर्क गरे पनि यो माओवादीको एमालेकरण भएको दावी गरेकाछन ।

माओवादी केन्द्र मात्रै रहदा केही मान्छेहरुका डरलाग्दो दादागिरी रहेकोमा अब  त्यसको अन्त्य भएको बताउदै यो खुसीको कुरा भएको समेत बताएकाछन  ।

नवगठित अण्डरलाइन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्यको सपथ लिएको भएता पनि रात्रीभोजमा आफू सहभागी नभएको कुरा व्यक्त गरेको कुराले उनी खासमा खुसी नरहेको संकेत समेत बुझ्न सकिन्छ ।

  • उनको स्टाटस यस्तो रहेको छ

आजलाई
#चुनावी राजनीतिक लाइन एउटै भएका र एउटै वंशका दुई पार्टी मिल्ने कुरा सही #इमान्दार हुँदा मात्रात्मक परिवर्तनबाट गुणात्मकतातिर पाइला चाल्न सकिन्छ_एकता सही #माओवादीमा केही मान्छेहरूको यति डरलाग्दो दादागिरी थियो कि_यसको अन्त्य खुसीको कुरा #अब पार्टी संस्थागत र विधिमा चल्छ भन्नेमा आशावादी #हामी लेनिनवादी होइनौ_किन लेनिनवाद लेख्ने #शास्त्रीय रूपमा हामी मार्क्सवादी पनि होइनौ तर नेपाली राजनीतिक बजारमा यो बिक्री हुने अझै सम्भावना बाँकी छ_यसकारण मार्क्सवाद लेख्ने कुरा सही #रूपमा अलिअलि एकताको झल्को आएपनि #सारमा र खासमा माओवादीको एमालेकरण नै हो !
@माओवादीलाई हाम्रो लाइनमा ल्याइयो भनेर भूपु एमालेजन नमात्तियौ #नयाँ क्रान्तिको दिशा भनेर भूपु माओवादीजन उत्ताउलो नबनौ
@केन्द्रीय सदस्यको सपथ खाइयो तर वालुवाटारको रात्री भोजमा गइएन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार