logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भारतीय मिडियाहरु बकवास बन्द गर – नारायण काजी श्रेष्ठ


  • राजनीति
  • बिहिबार, असार २५ २०७७

सतारुढ नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले भारतीय मिडियाको प्रचारबाजीलाई लिएर आपती जनाएको छ ।

श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउदै उनीहरूको अनर्गल प्रचारले सीमा नाघेको, हद भएको भएको उल्लेख गर्दै बकवास बन्द गर्न भारतीय सञ्चार माध्यमहरूलाई चेतावनी दिएका छन ।

उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको पनि उल्लेख गरेका छन्।

‘विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौं,’ श्रेष्ठले भनेका छन्, ‘यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’ उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

‘हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर,’ उनले भारतीय मिडियालाई भनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार