आश तमु पोखरा – जनता समाजवादी पार्टी जिल्ला कार्यालय कास्कीले प्राकृतिक विपद्को घडीमा सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन। यसै गरी पार्टीले घाइते परिवार र मृतक परिवारलाई उचित राहत प्रदान गर्न आग्रह गरेका छ्न।
पार्टी जिल्ला अध्यक्ष गिरी प्रसाद गुउङ र सचिव नारायण प्रसाद भण्डारीले आज विज्ञप्ती जारी गरी जिल्लाका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी सात जनाको मृत्यु भएको खबरले पार्टी स्तब्ध भएको जनाउँदै मृतकहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् । समाजवादीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
“बिगत दुई दिन देखी परेको अविरल वर्षाका कारण कास्की जिल्लाको बिभिन्न क्षेत्रमा धनजनको क्षती भएको छ ।मृतकहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेह्रु प्रति शिघ्र स्वास्थ्य लाभको कामना र मृतक र घाइते परिवारलाई तत्काल उचित राहत प्रदान गर्न राज्य सँग माग गर्दछौ ” विज्ञप्तीमा भनिएको छ ।
समाजवादीले नदी, किनार, भिरालो तथा जोखियुक्त क्षेत्रमा थप सतर्कता आवश्यक रहेकामा जोड दिँदै विपद्को घडीमा क्षतिको न्यूनीकरण, उद्धार एवं राहत तथा पुुर्नलाभकाजन्य कार्यका लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारले तदारुकताका साथ पहल अघि बढाउन समेत माग गरेको छ ।