logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पेरिस डाँडा र बल्खु घुम्दै पुगे ओली र प्रचण्ड,महासचिव पाैडेलले कार्यभार समाले


  • राजनीति
  • शुक्रबार, जेष्ठ ४ २०७५

शुक्रबार दुई वटै केन्द्रीय कार्यालय अवलोकन गर्न पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुगेका छन । अध्यक्षद्धय ओली र दाहालले एमालेको धूम्रबाराही र माओवादी केन्द्रको पेरिसडाँडामा रहेका केन्द्रीय कार्यालय अवलोकन गरेको हो ।

एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढाइने भएको छ ।

तत्कालका लागि पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय र  धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालयबनाउने नेकपाको तयारी छ ।

यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले शुक्रबार धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गर्नुभएको छ । उहाँलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायतका नेताले स्वागत गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार