logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बिश्वबिद्धालयमा ‘दलित अध्ययन’ बारे बलशाली बहस


  • राजनीति
  • शुक्रबार, साउन २ २०७७

सामाजिक हिसाव अति नै निर्मम र निकृस्ट ढंगले भएको रुकुम नरसंहारको बारेमा सडक देखी सदन सम्म र कलेज देखी बिश्वबिद्धालयसम्म बहसहरु भएकाछन ।

त्यस्तै एक उदाहरण बनेको छ त्रिभुवनको बिश्वबिद्धालयका बिद्यार्थीहरुको पहल । घटना भएको केहि दिन देखी नै सडकको बहस देखी बिश्वबिद्धालयको पाठ्यसामग्रीको बहस सम्मको उठानको नेतृत्व रबि सेन्च्युरीले गरेका छन । त्यसो उनि एक्लै छैनन् उनलाइ नजिक बाट साथ सहयोग गर्ने रामलाल राजवशी बिश्वकर्मा सहित थुप्रै दलित समुदाय र गैर दलित समुदायका बिद्यार्थी,नेता,प्राध्यापक र अभियान्ताहरुको समेत उल्लेख सदभाव बटुल्न सकेकाछन ।

यसै बिचमा संघर्षको निरन्तरतामा ” विश्वविधालय र दलित अध्ययन ” कसरि भैरहेको छ ? के के तयारी छ ? कस्तो हुनुपर्ने हो भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर साथै विज्ञहरु विच बहस सम्पन्न भएको छ |

बहसमा समाजशास्त्र केन्द्रिय विभाग प्रमुख सह-प्रा.डा टिकाराम गौतमले आजको समयमा समाज रुपान्तरणका निम्ति दलित अध्यान महत्वपूर्ण रहेको र त्यसका निम्ति विभागले विभिन्न तहमा दलितबारे पाठ्यपुस्तकमा समाबेश गरिरहेको उल्लेख गर्दै समाजशास्त्रमा दलित बारे धेरै शोधपत्र लेखिएका छन् त्यसलाई जर्ननल झिक्नु पर्ने र अब दलित र महिला बारे गरिने शोधपत्रमा विभागले केहि आर्थिक सहयोगको सुरुवात गरेको बताएका थिए |

त्यस्तै प्रोफेसर मधुसुधन शुवेदीले ३० -४० वर्ष अघि दलित अध्ययन गर्नु पर्ने भन्ने प्रमुख थिएन तर अहिले समाजशास्त्र र मानवशास्त्रले कलास र काष्ट बारे अध्ययन गर्नु सकारात्मक पक्ष हो | अहिले आफुहरु दलित अध्ययनलाई विभिन्न तहको पाठ्यपुस्तक राख्न लागिरहेको उल्लेख गर्दै, लोकतन्त्र बलियो भए यो दलित मुद्दा पनि बलियो हुने र दलित अध्यान बारे सबैले आ-आफ्नो ठाउबाट लाग्नुपर्ने उल्लेख गर्दै यो मुद्दा गैरदलितको रहेको बताएकाछन |

समाज, जीवन पदति बुझ्नका लागि दलित अध्ययन केन्द्रको महत्वपूर्ण भूमिका रहेने र त्यसका लागि राज्यले पहल कदम गर्नु पर्नेमा जोड दिएकाछन ।

उप-प्रा.डा. गगाराम विश्वकार्माले अब अन्तर विभागहरुले आपसमा सहाकार्य गर्नु पर्ने भन्दै दलित अध्ययन सामाजिक मनोवैज्ञानिक समस्या भएकोले यसका लागि विश्वविद्यालय चेतना माध्यम बाट यसको समाधान जोड दिदै दलित बारे अध्यानका निम्ति धेरै विषयवस्तुहरु जस्तो दलितको सिप ज्ञान त्यस सग जोडिएका रोजगारी, उत्पादन, बजार जस्ता विषय रहेको उल्लेख गरेका थिए |

त्यस्तै समाजशास्त्री राज्यलक्ष्मी गुरुङले विश्वविधालयले आफ्नो धार के हो स्पष्ट बनाउनु पर्ने भन्दै दलित महिलाहरु अरुमा मात्र केन्द्रित नभएर आफैले ज्ञानको व्याख्या विश्लेषण गर्नु पर्ने र ज्ञानको मूल स्रोतका निम्ति वातावरण र आफु तयारी हुनुपर्नेमा जोड दिएका थिए |

त्यसतै अनुसन्धानकर्ता तथा लेखक तेज सुनारले दलित अध्ययन केन्द्रको उल्लेख गर्दै अबका दिनमा दलित बारे खोजअध्यान अनुसन्धान गर्नु पर्ने र विश्वविधालयले दलित विधार्थीको लागि अध्यान अनुसन्धानका निम्ति वातावरण तयार गर्नु पर्नेमा जोड दिएका थिए |

सडक बहस रवि सेन्चुरीको अध्यक्षता, निर्मल आर्चार्य स्वागत र रामलाल राजवंशी विके को संचालन मा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार